Header Ads

तस्बिरमा पहिलो चरणको निर्वाचन (फोटो फिचर)

तस्बिरमा पहिलो चरणको निर्वाचन (फोटो फिचर)


मंसिर १०, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भइरहेको छ । मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाकोhttps://hamro-khabar.com १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान भइरहेको छ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान भइरहेको छ ।

No comments

Powered by Blogger.